Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

२४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

  • 4.2K
    SHARES

  • २४ घण्टामा  १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

    बुटवल, भदौ १२,

    नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ। मृत्यु हुनेमा ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमित पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

    मृतकहरुमा मोरङका दुई महिला, भक्तपुर र मकवानपुरका एकएक जना महिला छन्। उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एकएक जना पुरुष छन्।   २४ घण्टाको अवधिमा कोरोना संक्रमित मृतकको यो संख्या हालसम्मकै उच्च हो। यसअघि भदौ ५ गते ११ जना र भदौ १० गते ११ जनाको मृत्यु भएको थियो।  पछिल्लो २४ घन्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ। 

    १६ हजार १६ जना संक्रिय संक्रमित :

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ।

     ६४४६ जना होम आइसोलेसनमा छन् भने ९५७३ जना संस्थागत आइसोलेसनमा छन्।  पछिल्लो २४ घण्टामा १६९ निको भएर  डिस्चार्ज भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology