Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा स्वास्थ्य शिविर,६ सयजनाले लिए लाभ

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा स्वास्थ्य शिविर,६ सयजनाले लिए लाभ

  • 930
    SHARES

  • रोटरी तिलोत्तमा रुपन्देहीद्वारा सियारीमा स्वास्थ्य शिविर,६ सयजनाले लिए लाभ

    बुटवल,साउन २० । 

    रुपन्देहीको सियारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा शनिबार सम्पन्न शिविरमा ६ सय जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।

    बुटवलको एड्मण्ड सिटी अस्पतालको प्राविधिक सहयोगमा सियारी गाउँपालिका वडा नं ४ स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा जनरल फिजिसियन एवम् क्लवका सदस्य डा नन्दु पाठक, स्त्री तथा प्रसुति रोग विशेषज्ञ क्लवका सदस्य डा सतिष रुपाखेती, हाडजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा डा प्रकृतिराज कंडेल, पेट, छाती मुटुरोग विशेषज्ञ एवं जनरल फिजिसियन डा केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा कमल कार्की, डा चन्द्रमोहन शाह, डा रुची गुप्ता लगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

    त्यस्तै शिविरमा सर्जरी, भिडियो एक्स–रे, बालरोग, जनरल फिजिसियन, दन्तरोग, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग लगायतको स्वास्थ्य परीक्षण गरिएको क्लबका सचिव अर्जनु प्रसाद आचार्यले जानकारी गराउनु भयो । शिविरमा ९० वर्षिया सुर्यकला सुवेदीको स्वास्थ्य परीक्षण गरेर सुरुवात गरिएको थियो ।

    स्वास्थ्य शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेको क्षेत्रलाई छनौट गरेर शिविर सञ्चालन गरेकामा क्लवलाई धन्यवाद दिनुभयो । त्यस्तै सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले गाउँपालिकाबासीको स्वास्थ्यप्रति पालिका सचेत हुनुका साथै आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य संस्थामा नागरिकको पहुच बढाउनको लागि क्लवले ल्याएको शिविरमा पालिकाले सहयोग गरेको बताउनु भयो ।

    क्लबका अध्यक्ष देवीराम पाण्डेले मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले ग्रामिण जनताको स्वास्थ्य सुरक्षामा सचेत गराउनको लागि शिविरको आयोजना गरिएको बताउनु भयो । उहाँले क्लवले स्थापनादेखि नै विभिन्न सामाजिक कार्यक्रमको गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि अझ प्रभावकारी र व्यवस्थित रुपमा क्लबको गतिविधिलाई अघि बढाउने बताउनु भयो ।
    एडमण्ड सिटी अस्पतालका व्यवस्थापक मुक्ति काफ्लेले स्वास्थ्य शिविरमा चेकजाँच गर्दा स्वास्थ्यमा समस्या देखिए त्यस्ता बिरामीलाई अस्पतालको ओपिडी टिकट निःशुल्क गर्नुका साथै अन्य सेवामा पनि २० प्रतिशत छुट दिइने जानकारी गराउनु भयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डोलराज गैरे, पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिलाराम खनाल लगायतले भनाई राख्नुभएको थियो ।

    सियारी गाउँपालिकाको सहयोगमा भएको शिविरमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका भगिनी संस्थाहरु रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लब अफ शुद्धोधन र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह सह–आयोजकको भूमिकामा थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology