Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा श्रमिक मैत्री नै कानून बनाउदैछाैँ ’ : सामाजिक विकास मन्त्री सुदर्शन बराल

लुम्बिनी प्रदेशमा श्रमिक मैत्री नै कानून बनाउदैछाैँ ’ : सामाजिक विकास मन्त्री सुदर्शन बराल

  • 3.5K
    SHARES

  • लुम्बिनी प्रदेशमा श्रमिक मैत्री नै कानून बनाउदैछाैँ ’ :  सामाजिक विकास मन्त्री सुदर्शन बराल

    बुटवल, पुस २२ ।

    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकार श्रमिकमैत्री कानुन बनाउने तयारी रहेको बताएका छन् । त्यसको लागि संघीय सरकारका श्रमिक सम्बन्धै ऐन कानून प्रारम्भिक ड्राफ्ट समेत तयार पारिएको बताए ।

    संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसि) लुम्बिनी प्रदेश समन्वय समितिले बुधबार बुटवलमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र श्रमिकका सवालहरुमा सरोकारवालाहरुको बैठकमा बोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन । ‘हामी आफैले बनाउनुपर्ने कानूनहरु धेरै छन’ मन्त्री बरालले भने, ‘श्रम नीति र कानून पनि श्रमिकमैत्री बन्छ । प्रदेश सरकार श्रमिकमैत्री छ ।’

    मन्त्री बरालले कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएका मजदुरहरूको स्किल टेस्ट गरी प्रदेशमै रोजगारीका अवसरहरु सृजर्ना गर्ने योजना सरकारको रहेको जानकारी गराए । उनले महामारीका बेला पनि मजदुरहरुलाई काम गर्ने वातावरण प्रदेश सरकारले सृर्जना गरेको समेत दावी गरे ।samsad.jpg

    ‘हाम्रो प्रदेशमा फुलफेजमा उद्योगधन्दा नचले पनि यातायातका साधनहरु सञ्चालनमा आए । जसले गर्दा अफ्टयारो स्थितिमा पनि विकराल अवस्था आएन ।’ कार्यक्रममा संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसि) लुम्बिनी प्रदेश समन्वय समितिका अध्यक्ष कृष्ण बेल्वासेले मजदुरहरुले सरकार भएको महशुस गर्न नपाएको बताए । उनले मजदुरहरुलाई रोजगारीको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए ।

    जिफन्ट नेता हरि कार्कीले श्रमिकमैत्री कानून बनाउन आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सांसदहरु फकरुद्धिन खान, तुलसी चौधरी, दिपा विक, थानकुमारी थापा, श्रमिक कार्यालयका केशवराज भट्टराई, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, पश्चिमाञ्चाल यातायात व्यवसायी समितिका महासचिव जीतबहादुर भाट, रुपन्देही उद्योग संघका कृष्ण पौडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका नारायण घिमिरे, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका योग गुरूङ लगायतले बोल्दै महामारीले मजदुरहरु उठन नसक्ने गरी थला परेको भन्दै श्रमिकलाई विशेष योजना आवश्यक रहेकोमा जोड दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology