काठमाडौँ,साउन १५ ।
सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)