बुटवल,साउन १३ ।
लुम्बिनी अटोमोबाईल एसोसियसन अफ नेपाल (नाडा लुम्बीनी) ले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बुटवलको मणिमुकुन्द सेन उद्दान (फूलबारीमा) बास्तु अनुसार मिलाएर १२ ओटा रासीका बिभिन्न बिरुवाहरु रोपण गरेको छ।
कार्यक्रमका बिशिष्ठ अतिती गुरु जनार्दन न्यौपानेले उक्त कार्यबाट मानव जीवनलाई सकरात्मक उर्जा प्रदान हुने बिस्वास रहेको बताउनुभयो। उक्त कार्यक्रममा बुटवल वार्ड नम्बर २ का वार्ड अध्यक्ष सुनिल शाक्यको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा फूलबारीका बिभिन्न पदाधिकारीहरु,नाडा लुम्बीनीका कार्यसमिती सदस्यहरु,खिमराज भण्डारी,संस्थाका सल्लाहकार तथा बृक्षारोपण अभियान्ता सन्तोस पाण्डे लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष गणेशप्रसाद भट्टराई, स्वागत बरिष्ठ उपाध्यक्ष रोसनपाण्डे , सम्योजन प्रबेस भट्टराईले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महासचिव राम बेल्बासेले गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)