बुटवल ,साउन १४ ।
नेपाल गोजुरियो कराँते डो संघ रुपन्देहीले ‘बेल्ट प्रमोशन टेष्ट’ सम्पन्न गरेको छ । शनिबार बुटवल १३ का वडाअध्यक्ष नारायण पुनको प्रमुख आतिथ्यतामा नेपाल गोजु-रियो करांते-दो संघ ,रुपन्देहीको बेल्ट प्रमोशन टेष्ट सम्पन्न गरेको हो । रुपन्देहीजिल्लाभित्रसञ्चालित ६ वटा डोजोका १२० जनाको विद्यार्थीहरुको सहभागितामा प्रमोशन बेल्ट कार्यक्रम सम्पन्नगरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष पुनले आफू खेलक्षेत्रको विकासका लागि सदैव लागि पर्ने बताए । उनले नेपालगोजुरियो कराँते डो संघ रुपन्देहीका विभिन्न कार्यक्रममा सरिक भइरहेको बताउँदै वडाकार्यालय र आफ्नो व्यक्तिगततर्फबाट सहया्ग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल गोजुरियो कराँते डो संघ, रुपन्देहीका अध्यक्ष अनुपम ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कराँतेमहासंघ रुपन्देहीका अध्यक्ष सन्तोष सिंह, नेपाल वादोरीयो कराँते संघ,लुम्बिनी प्रदेशका उपाध्यक्ष शोभाखर पन्त, समाजसेवि तथा अभिभावक धनु गुरुङ, नेपाल गोजुरियो कराँते डोे संघ, रुपन्देहीका उपाध्यक्ष शिवम पन्तले बोल्दैखेलाडीहरुलाई सफलताको शूभकामना दिएका थिए ।
उक्त अवसरमा भारतमा सम्पन्न भएको एसियाली गोजुरियो कराँते च्याम्पियन सिप २०२४ सहभागी भई सिनियरकातातर्फ प्रथम भएकी एलिसा गुरुङ र जुनयिर कातातर्फ तृतिय भएका प्रज्ञान गुरुङलाई सम्मान गरिएको थियो ।यस्तै काठमाडौंमा सम्पन्न ५६ औं राष्ट्रिय कराँते प्रतियोगिता सहभागी भई उत्कृष्ट भएका खेलाडीहरुलाई समेत सम्मानगरिको थियो ।
बुटवल वडा न. १३ का वडाअध्यक्ष पुनले प्रतियोगितामा सहभागी भई उत्कृष्टता हासिल गरेकाहरुलाईसम्मान गरेका हुन् ।
कार्यक्रमा नेपाल गोजुरियो कराँते डो संघ रुपन्देहीका सचिव एंव डोजो प्रशिक्षक मनिष पाण्डेको सञ्चालन एंवकोषाध्यक्ष अमृत कुँवरको स्वागतमा सम्पन्न भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)