बुटवल,साउन ११ ।
रोटरी क्लब अफ लुम्बिनीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दिब्यातारा इन्टरप्राइजेस बुटवल-११ कालिकानगरसंगको सहकार्यमा आयोजित रक्तदानमा ५७ यूनिट रगत संकलन गरिएका क्लबका अध्यक्ष सुदिप थापाले जानकारी दिए ।
दिव्य ताराको प्राङ्गणमा आयोजित रक्तदानका लागि रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । सामाजिक उत्तरदायित्व र स्वास्थ्य सम्बन्धि सचेतनासहित रक्तदान कार्यक्रम गरिएको क्लबले जनाएको छ ।
क्लबका सदस्य, दिब्यताराका सञ्चालक, कर्मचारी तथा परिवारको कार्यक्रममा सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)