Logo बिहिवार, आश्विन १ गते २०८३
images

आफैंले बनाएको संविधानमा कू हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क नबाेल्ने नेम्वाङको निरीहता देख्दा दया लाग्याे : गगन थापा

आफैंले बनाएको संविधानमा कू हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क नबाेल्ने नेम्वाङको निरीहता देख्दा दया लाग्याे : गगन थापा

  • 4.1K
    SHARES

  • आफैंले बनाएको संविधानमा कू हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क नबाेल्ने नेम्वाङको निरीहता देख्दा दया लाग्याे : गगन थापा

    बुटवल,पुस २२ - 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निरीहता देख्दा आफूलाई दया लागेको बताएका छन्।

    नेम्वाङले अदालतमै उभिएर ‘श्रीमान् प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो, मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ आफ्नो अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

    प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ। मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-''श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो।मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय(Legislative Intent)यस्तो हुँदै होइन''भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।
    अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ''कु'' हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको 'निरिहता' देख्दा दया लागेको छ।संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology