Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मन्त्री छनोटमा भूमिकाविहीन बनाइएकोप्रति लुम्बिनी कांग्रेसको आपत्ति

मन्त्री छनोटमा भूमिकाविहीन बनाइएकोप्रति लुम्बिनी कांग्रेसको आपत्ति

  • 1.5K
    SHARES

  • मन्त्री छनोटमा भूमिकाविहीन बनाइएकोप्रति लुम्बिनी कांग्रेसको आपत्ति

    बुटवल,साउन ९ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमर सिंह पुनले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरु छनौट गर्दा संघीयता, समावेशीताको मर्म र पार्टीको विधानविपरीत भएको भन्दै पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

    प्रदेश संरचनाप्रति वितृष्णा बढिरहेको समयमा आम कार्यकर्ताको भावनाविपरीत निरंकुश शैलीले पार्टीको प्रदेश संरचना कमजोर बनाइएको बताउँदै उनले पार्टी केन्द्रलाई तत्काल निर्णय सच्चाउन आग्रह गर्दै त्यसो नभएको राम्रो सन्देश नजाने चेतावनी दिएका छन् ।

    लुम्बिनी कांग्रेसमा सभापतिसहित अधिकांश इतर समूहको छन् भने सांसदहरुमा बहुमत संस्थापन समूहका छन् ।लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि छाएको छ ।

    कांग्रेस र एमालेबीच पाँच-पाँच जना मन्त्री बनाउने सहमति थियो। तर, अन्तिममा कांग्रेसले एक जना मन्त्री घटाएर नाम सिफारिस गरेको थियो ।पार्टीभित्रको आन्तरिक विवाद र समावेशीको मुद्दाको कारणले एक जना मन्त्री बाँकी राखेर चार जना मन्त्रीको नाम सिफारिस गरेको जनाइएको छ।

    सभापति पुनले केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको पत्रमा प्रदेशको आग्रह मानेर निर्णय नसच्चाएमा त्यसको सन्देश राम्रो नहुने चेतावनी दिएका छन् ।nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology