बुटवल,साउन ९।
नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए ।
आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले जानकारी दिए । ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन’, उनले भने ।
मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)