Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल-पाल्पा सडक खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासियो

बुटवल-पाल्पा सडक खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासियो

  • 891
    SHARES

  • बुटवल-पाल्पा सडक खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासियो

    बुटवल,साउन ८ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल- पाल्पाखण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ । तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

    यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले हप्ता दश दिन सास्ती भोग्नु परेको थियो । अहिले पुन सडक भासिदा यात्रु र सवारी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।

    भासिएको खण्डको दीर्घकालिन समस्या समाधनको लागि राज्यले ध्यान नदिंदा पुनः समस्या भोग्नु परेको यात्रुको गुनासो छ । यस खडक भएर दैनिक चार हजार बढी साना ठुला सवारी आवतजावत गर्दै आएका छन ।

    तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिनुभयो ।सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

    ठुला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम निम्तीन सक्ने भएकोले अहिले डाइभर्सन निर्माण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology