बुटवल,साउन ६।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् ।
एमालेका २९ र नेपाली काङ्ग्रेसका २७ गरि ५६ जनाको हस्ताक्षर सहित चेतनारायण आचार्यसहितले लुम्बिनीका प्रदेशप्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।
उनी एमाले महासचिव शंकर पोखरेल निकट नेता हुन् । यसअघि संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने पक्का भएपनि अन्तिम समयमा आएर एमाले उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोरेलको शक्ति संघर्षका कारण गिरिलाइ ब्याक हुन बाध्य पारिएको छ ।
उपनेतालाइ मुख्यमन्त्री बनाउने भएपछि गिरी लगायतको टिम रूष्ट बनेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)