Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिम नेपाल विकास ट्रष्टद्धारा नगद सहयोग

पश्चिम नेपाल विकास ट्रष्टद्धारा नगद सहयोग

  • 2.4K
    SHARES

  • पश्चिम नेपाल विकास ट्रष्टद्धारा नगद सहयोग

    बुटवल,पुस २२ -  

    पश्चिम नेपाल विकास ट्रष्टले विभिन्न स्वस्थ्य समस्या भएकालाई नगद सहयोग प्रदान गरेको छ ।

    ट्रष्टका कोषाध्यक्ष पदमलाल घिमिरेका अनुसार किडनीको समस्याबाट पीडित  ४० बर्षे दिपक बेलबासेलाई उपचारका लागि रू.१० हजार सहयोग गरिएको छ । त्यस्तै ब्लड क्यान्सर पीडित ९ बर्षे बिष्णुहरी पोखरेललाई ११हजार ५ रुपैया उनको उपचारको लागि प्रदान गरिएको छ । 

    ट्रष्टले मुटु सम्वन्धी समस्याबाट पीडित ५५ बर्षे हरिदेव थापा १० हजार रुपैया उपचार को लागी प्रदान गरेको छ । पश्चिम नेपाल विकास ट्रष्टकी अध्यक्ष गौरीमाया थापाले उनीहरुलाई सहयोग प्रदान गरेकी थिइन ।  

    त्यस्तै ट्रष्टले लुम्विनी दृष्टिविहिन होस्टेललाई खाद्यान्य र लुगाहरू  प्रदान गरेको छ ।  कार्यक्रमको लागि नमस्ते नोमाद र विभिन्न ब्यक्तित्वहरू, एन कोलोनी र अन्य ब्यक्तित्वहरूले आर्थिक सहयोग गरेको कोषाध्यक्ष घिमिरेले बताए ।

    कार्यक्रममा अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोमप्रसाद गुरुङ कोषाध्यक्ष पदम घिमिरे, सहसचिव लक्ष्मी अधिकारीलगायतले यस किसिमका सहयोग कार्यक्रम आगामी दिनमा पनि जारी राखिने बताएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, पौष २२ २०७७०८:३५:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology