Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बहुमुखी : बिबिए संकायमा एक्सेलेरेटर कार्यक्रम

बुटवल बहुमुखी : बिबिए संकायमा एक्सेलेरेटर कार्यक्रम

  • 2.1K
    SHARES

  • बुटवल बहुमुखी : बिबिए संकायमा एक्सेलेरेटर कार्यक्रम

    बुटवल,साउन ४ ।

    बुटवल बहुमुखी क्याम्पसमा विविए संकायमा एक्सेलेरेटर कार्यक्रम गरिएको छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई अतिरिक्त ज्ञानको विकास गराउनको लागि क्याम्पसमा पहिलो पटक एक्सिलेरेट कार्यक्रम गरिएको हो ।

    योसंगै अब हरेक शुक्रबार नियमित रुपमा यस्ता कार्यक्रम गरिने विविए कार्यक्रम निर्देशक डा.ओमप्रकाश अर्यालले जानकारी गराउनु भयो ।त्यस अवसरमा एक्सिलेरेट सहित सफलताको सुत्र तथा कार्यशाला गरिएको हो । कार्यक्रममा नेपाली क्रिकेट आकाशका तारा शक्ति गौचनले आफ्नो क्रिकेट करियरमा गरेको संघर्ष र सफलताका रहस्यहरु प्रस्तुत गर्नुभएको थियो ।bmc.jpg

    उहाँले विद्यार्थी जीवनमा तनाव र समय व्यवस्थापनामा ध्यान दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले क्याम्पसमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको शैक्षिकसंगै अतिरिक्त क्षेमताको पनि विकास गर्ने भएकाले कार्यक्रमलाई नियमित बनाउन आग्रह गर्नुभयो ।

    कार्यक्रम एक्सिलेरेटर तृप्ती न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्ववियू सभापति दुर्गाबहादुर एमसीको पनि सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology