Logo बिहिवार, आश्विन १ गते २०८३
images

चन्द्रागिरी गएका यात्रु केवलकारमै अड्किए !

चन्द्रागिरी गएका यात्रु केवलकारमै अड्किए !

  • 1.3K
    SHARES

  • चन्द्रागिरी गएका यात्रु केवलकारमै अड्किए !

    काठमाडौं,साउन २ ।

    विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् ।

    विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ।महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ ।

    समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

     

    वैकल्पिक उपायका लागि राखिएको जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको पनि सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झार्ने प्रयास गरिरहेको छ ।

    केवलकारमा यात्रु फसेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको छ । अहिले त्यहाँ उद्धार कोसिस भइरहेको छ ।कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने डोरीलाई घुमाएर यात्रुको उद्धार गर्न लागेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology