बुटवल,पुस २२ -
खुद्रा किराना व्यवसायीहरुको आर्थिक अवस्था बलियाे बनाउने गरि खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले सहकारी दर्ता गरेको छ ।संघका बरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेलको अध्यक्षता देउराली उपभोक्ता सहकारी संस्था लिमिटेड दर्ता सहकारी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दर्ता भएको छ ।
देउराली उपभोक्ता सहकारीका अध्यक्ष महेन्द्र पोखरेलले शूरुमा तीन सय सदस्यबाट काम शुरु गर्ने योजना रहेको बताए ।
उनले थोक र डिलरबाट समान खरिद नगरी सिधै कम्पनीबाट समान खरीद गरेर आफ्ना सदस्यहरु खुद्रा किराना व्यवसायीहरुलाई सहकारीले विक्री गर्ने बताए ।
उनले दोस्रो बर्षमा सामान प्रशाेधनमा लाग्ने र तेस्रो बर्ष उद्योग नै स्थापना गर्ने काम अगाडी बढाउने बताए ।
रुपन्देही खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञान प्रसाद न्यौपानले संघले बिगत लामो समयदेखी सहकारी योजना ल्याएपनि बल्ल सफल भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)