Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस-एमाले गठबन्धनको सरकारले जनताका निरासा चिर्नुपर्छ : महामन्त्री गगन थापा

कांग्रेस-एमाले गठबन्धनको सरकारले जनताका निरासा चिर्नुपर्छ : महामन्त्री गगन थापा

  • 1.9K
    SHARES

  • कांग्रेस-एमाले गठबन्धनको सरकारले जनताका निरासा चिर्नुपर्छ : महामन्त्री गगन थापा

    लिस्बन, साउन १।

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस-एमाले गठबन्धनको सरकारले नागरिकका निराशा चिर्नेगरि काम गर्नुपर्ने बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशनलाई आईतवार जुममार्फत सम्ब‍ोधन गर्दै महामन्त्री थापाले लोकप्रियताको राजनीतिले राज्यका संस्था र उपलब्धिलाई बर्बाद पार्ने धारणा राख्दै पपुलिष्ट राजनीतिक शक्तिहरुले सिर्जना गरेको भ्रम तोड्न प्रेसको भूमिका महत्त्वपूर्ण हुने  बताउनुभयो IMG_2020.jpeg

    स्वच्छ बहस र बिमर्शले लोकतान्त्रिक शक्तिलाई फाइदा पूग्ने उल्लेख गर्दै नेता थापाले सो अभियानमा लाग्न सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूराना दललाई गाली गरेर मात्रै नयाँ दल राजनीतिक रुपमा स्थापित हुन नसक्ने बताउनुभयो । देशलाई भुटानीकरण गर्ने र प्रान्त बनाउने जस्ता अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै नेता शिवाकोटीले त्यस्ता राष्ट्रघाती अभिव्यक्तिलाई मिडियाले उदांगो पार्नुपर्ने  बताउनुभयो ।

    सस्तो लोकप्रियता र प्रोपोगन्डाका भरमा राजनीतिक सत्ता स्थापित नहुने उहाँको भनाइ थियो।प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रवासी नेपालीका मुद्दालाई नेपालसंग जोड्ने गरि काम गर्न आग्रह गर्दै संगठनलाई अब्बल र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। 

    कार्यक्रममा गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुल आचार्य, नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम, कांग्रेस नेता राजकुमार त्रिपाठी, प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष डा. यादव पण्डित,  एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा, नेपाली जनसम्पर्क समिति युकेका सभापति महेश दाहाल, नेपाली जनसम्पर्क समिति नेदरल्यान्डका सभापति सालिक गौतम, रोयल बरो अफ ग्रीनवीच लण्डनका मेयर जीत रानाभाट, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, वरिष्ठ पत्रकार भागीरथ योगी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, नेपाल प्रेस युनियन युकेका अध्यक्ष बिपिन निरौला लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । 

    कार्यक्रम शाखाका संयोजक सञ्जयभक्त कडेंलको अध्यक्षता, सबिना श्रेष्ठको स्वागत तथा प्रबल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।

    अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा  सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।IMG_2019.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology