Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस युनियन युरोपको अध्यक्षमा कंडेल,महासचिवमा भट्टराई

प्रेस युनियन युरोपको अध्यक्षमा कंडेल,महासचिवमा भट्टराई

  • 2.1K
    SHARES

  • प्रेस युनियन युरोपको अध्यक्षमा कंडेल,महासचिवमा भट्टराई

    लिस्बन,साउन १ ।

     प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको आईतवार जुममार्फत सम्पन्न भएको अधिवेशनले कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    जसको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थबिक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल, भरत प्रधान र सबिना श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनले शाखाको महासचिवमा प्रबल भट्टराईलाई चयन गरेको छ भने उपमहासचिवमा प्रतीक लामिछाने चयन हुनुभएको छ । यस्तै सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।

    शाखाको सदस्यहरुमा कञ्चन प्रसाई, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानिया, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग सर्वसम्मत चयन हुनुभएको छ । 

    अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology