Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद विघटनपछि ओलीजति खुसी अरू काेहि देखिन :घनश्याम भुसाल

संसद विघटनपछि ओलीजति खुसी अरू काेहि देखिन :घनश्याम भुसाल

  • 3.8K
    SHARES

  • संसद विघटनपछि ओलीजति खुसी अरू काेहि देखिन :घनश्याम भुसाल

    बुटवल,पुस २१ -  

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्रीका पछिल्ला केही अभिव्यक्तिहरु राष्ट्र र जनताको हितमा नभएको बताएका छन् ।

     उनले पार्टी फुटाउने अध्यादेशको विरोध तथा एमसीसी राष्ट्रिय हितको लागि मात्रै सम्झौता हुनुपर्छ भन्नेबाहेक अन्य विषयमा विरोध नगरिएको दावी गरे । उनले भने -केपी ओलीलाई काम गर्न दिइएन भन्ने कुरा झुटो हाे ।

    नेकपा रुपन्देही सिद्धार्थनगर नगर कमिटी (प्रचण्ड–माधव) पक्षको विस्तारित बैठकलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै नेता भुसालले केपी ओली अल्पमतमा परेपछि संसद विघटन गराएको आरोप लगाए । उनले संसद विघटनपछि आफुले ओलीलाई जीवनमा पहिलो पटक धेरै खुशी देखेको बताए । 

    संसदको विघटन संविधानको बर्खिलाप भएको र संविधान विरोधी भएकोले यसको पुनस्र्थापना हुनुपर्ने भुसालको भनाइ छ । कानूनी रुपमा संसद विघटन भएको छैन, राष्ट्रपतिको चिठ्ठीको कारण संसद अवरुद्ध भएको हो, सारा कानूनविद र राजनीतिक पार्टीले पनि संसद विघटनलाई असंवैधानिक कदम भनिरहेका छन, भुसालले भने ।

    मुलुकलाई अस्थिरतातर्फ जानबाट बचाउनु नै अहिलेको आवश्यकता रहेको उनले बताए । कमरेड ओलीबाहेक मनभित्रैबाट संसद विघटन गर्ने कदम कसैले ठीक हो भन्दैन, उनले भने ।

    पूर्व कृषिमन्त्री समेत रहेका भुसालले संसद विघटन गलत कदम हो भन्नेबित्तिकै केन्द्रीय सदस्य बनाइएको भए पनि राजनीतिक नियुक्तिले क्रान्ति नरोकिने दावी गरे ।

    संसद पुनस्र्थापना गरेर संविधान र लोकतन्त्रको रक्षा तथा पार्टी एकता गर्नु नै मुलुकको लागि हित हुने उनले बताए ।

    झण्डै दुईतिहाई बहुमत प्राप्त पार्टीले अरुको पार्टी किन फोड्ने भन्दै उनले प्रश्न गरे । धेरै सपेराको मृत्यु सर्पले टोकेर हुने भएकोले अरुको पार्टी फुटाउन खोज्नेको आफ्नै पार्टी फुट्ने उनले बताए । पार्टी फुटाउने अध्यादेशको व्यापक विरोध भएको उनले बताए । पार्टी विभाजन पार्टीभित्र र संसदीय दलमा ४० प्रतिशत बहुमत आवश्यक रहेकोले त्यो बेला पार्टी विभाजन गर्नको लागि अध्यादेश ल्याउन खोजिएको भुसालको भनाइ छ ।

    भयंकर राम्रो काम गरेको नेताले भयंकर नराम्रो गर्न सक्छ, एक दिन क्रान्तिकारी हुनु ठूलो कुरा होइन, उनले भने ।

    त्यस्तै नेकपा केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले नेपालबाट कम्युनिष्ट समाप्त पार्ने योजना विफल हुने दावी गरे । उनले केन्द्रीय सदस्य र मन्त्री पद पाउन केही नेताहरु लागिपरेको बताए ।

    बैठकमा नेकपा रुपन्देही जिल्ला सचिव नारायण जि.सी. (निर्मल), जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन), जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य, सिद्धार्थनगर सचिव जीवलाल अर्याल, प्राज्ञ बुद राना लगायतले सम्बोधन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology