काठमाडौँ,साउन १।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)