बुटवल,असार ३० ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाबाट पारित दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रमुख शेरचनले आज लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र आर्थिक वर्ष २०८१–२०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
लुम्बिनी प्रदेशसभाको बैठकबाट पारित विधेयकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयको प्रवक्ता धर्मा अर्याल बेल्वासेले बताइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)