बुटवल,असार २९ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल अतिरिक्त क्रियाकलाप समितिले भानुभक्त आचार्यको २११औॅ जन्मजयन्तीका अवसरमा भानुभक्त आचार्यद्धारा रचित कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
अतिरिक्त क्रियाकलाप समिति संयोजक तिर्थराज काफ्लेको सभापतित्वमा आयोजित उक्त प्रतियोगिताको सन्चालन उप प्राध्यापक टीकाराम घिमिरेले गर्नुभएको थियो ।
प्रतियोगितामा उपस्थित सम्पुर्णलाई प्रमुख अतिथिको रूपमा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले नेपाली भाषा र साहित्यका क्षेत्रमा आदिकवि भानुभक्त आचार्यले अतुलनीय योगदान पुर्याएकोले हामी सबैले उनले देखाएको बाटोमा सधै अग्रसर हुनुपर्ने धारणा राख्नु भएको थियो । भानुभक्त आचार्यद्धारा रचित विभिन्न कविताहरू उप.प्रा पुरूषोत्तम ज्ञवालीले आदर्श वाचन समेत गर्नु भएको थियो।
क्याम्पसको सभाहलमा आयोजित उक्त प्रतियोगितामा करिब २०० जना विद्यार्थी, १५ जना प्राध्यापक र ५ जना कर्मचारीको उपस्थितिमा रहेको थियो भने निर्णायकको भुमिका उपप्राध्यापकहरु रीता रेग्मी , बिजु पछाइ र शेषकान्त अर्यालले निर्वाह गर्नु भएको थियो ।
प्रतियोगितामा सम्झना खत्री (बि एड तेस्रो वर्ष) प्रथम , विद्या पंगेनी (बि.बि एस. दोस्रो वर्ष) द्वितीय र भुवन पन्थी (बि.एड चौथो वर्ष) तृतीय हासिल गर्नु भयो । प्रतियोगितामा विजयी प्रतियोगीलाई क्याम्पस प्रमुखद्वारा प्रमाणपत्र र पुरस्कारबाट सम्मानित गरिएको उप.प्रा शेषकान्त अर्यालले जानकारी दिनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)