Logo मंगलवार, श्रावण १२ गते २०८३
images

७६(२)को प्रधानमन्त्रीमा ओलीको दाबी पेश

७६(२)को प्रधानमन्त्रीमा ओलीको दाबी पेश

  • 1.2K
    SHARES

  • ७६(२)को प्रधानमन्त्रीमा ओलीको दाबी पेश

    काठमाडौं,असार २९ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ । गए राति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा (एमाले) र नेपाली कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो ।कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ ।

    कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।

    यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिमक सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

    त्यसअघि उहाँले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गर्नुभएको थियो ।नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण आइतवार हुने भएको छ ।यसअघि असार १८ गते मध्यरातमा कांग्रेस–एमालेबीच सत्ता समीकरणमा सहमति भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology