Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आगलागी पिडित ज्ञवालीलाई आर्थिक सहयोग हस्तान्तरण

आगलागी पिडित ज्ञवालीलाई आर्थिक सहयोग हस्तान्तरण

  • 1.4K
    SHARES

  • आगलागी पिडित ज्ञवालीलाई आर्थिक सहयोग हस्तान्तरण

    बुटवल,असार २७ ।

    रुपन्देही व्यापार संघ अन्तर्गतको कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिले आगलागी पिडीतलाई सहयोग हस्तान्तरण गरेको छ । बुटवल ४ संगमपथ स्थित ज्ञवाली गिफ्ट पसलमा असार २१ गते राति आगलागी भई पूर्ण रुपमा नष्ट भएकोले उपसमितिले सहयोग स्वरुप सहयोग रकम हस्तान्तरण गरेको हो ।

    संघको सचिवालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले ज्ञवाली गिफ्ट पसलका स‌चालक रमेश ज्ञवालीलाई नगद रु.५० हजार हस्तान्तरण गर्नुभएको हाे । अध्यक्ष अधिकारीले सम्पूर्ण व्यवसायीहरुलाई दुःख पर्दा संघले असल अभिभावकको भूमिका निर्वाह गर्दै जाने बताउनुभयो । उहाँले संघले विगतदेखि नै व्यावसायीलाई संकट पर्दा सहयोग गर्दै आएको र यसलाई सदैव निरन्तरता दिदै जाने बताउनुभयो ।

    संघमा आबद्ध कस्मेटिक तथा गिफ्ट व्यावसायीहरुसँगबाट उक्त रकम संकलन गरी सहयोग गरिएको कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिका संयोजक सरोज ज्ञवालीले बताउनुभयो । संघले विगतदेखि नै व्यावसायी कल्याण कोषको स्थापना गरेर सहयोग गर्दै आइरहेको छ ।

    ramrsh.jpg

    ago.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology