Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नक्कली लाइसेन्स प्रकरणमा १५ जनाबिरूद्ध मुद्धा दायर

नक्कली लाइसेन्स प्रकरणमा १५ जनाबिरूद्ध मुद्धा दायर

  • 1.6K
    SHARES

  • नक्कली लाइसेन्स प्रकरणमा १५ जनाबिरूद्ध मुद्धा दायर

    काठमाडौं,असार २५ । 

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) बनाएकोआरोपमा बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुख केशव अर्यालसहित १५ जनाविरुद्ध काठमाडौं जिल्लाअदालतमा मुद्दा दर्ता गरेको

    प्रक्रिया पुरा नगरि लाइसेन्स बनाउने गरिएको अनुसन्धानबाट खुल्न आएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो सोही प्रतिवेदनका आधारमा आधारमासरकारी वकिलले जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो

    यातायात कार्यालय बुटवलमा कार्यरत सुवास पौडेल, यातायात कार्यालय नवलपरासीमा कार्यरत कम्युटर अधिकृतपदमराज आचार्य, यातायात कार्यालय चितवनमा कार्यरत सहायक कम्युटर अपरेटर राजेश लम्साल, यातायातकार्यालय जनकपुरमा कार्यरत सहायक कम्युटर अपरेटर दिलिपकुमार साह, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएकाकेशव पौडेलविरुद्ध मुद्दा दर्ता भएको

    त्यस्तै, कार्यालयले फरार रहेका भनिएका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, ज्ञानराज पाण्डे,झापाका विवेक भण्डारी, यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीनसहायक कम्युटर अपरेटर नारायणप्रसाद पाण्डे, कावासोतीकाफानेश्वर सापकोटा नवलरासीका सन्दीप श्रेष्ठविरुद्ध समेत मुद्दा दर्ता गरेको

    यस्तै, झापास्थित जिल्ला कारागारमा रहेका विजय चौधरीविरुद्ध समेत मुद्दा दर्ता भएको पक्राउ पर्नेमा उपसचिव अधिकृत तहका कर्मचारी पनि छन् उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसारकोलिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology