बुटवल,असार २३ ।
नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली सम्मानित हुनुभएको छ । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले संघको समग्र विकासमा सकारात्मक एवं प्रभावकारी ढंगले पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै ज्ञवालीलाइ सम्मान गरेको हो ।
भैरहवामा आयोजित संघको २५ औं वार्षिक साधारणसभामा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँ, नेपाल ईट्टा उद्योग महासंघका केन्द्रीय सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार सफर मिया, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, महासचिव दीपक पौडेललगायतले सम्मान गर्नुभयो ।
ज्ञवालीलाइ नगद रु. ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । ज्ञवाली गोरखापत्र संस्थान,बुद्ध सामुदायिक टेलिभिजनमा आबद्ध हुनुहुन्छ ।ज्ञवालीसंगै कमल रायमाझीलाइ पनि सम्मान गरिएको हो । रायमाझी राष्ट्रिय समाचार समिति (रासस), सगरमाथा टेलिभिजन र लुम्बिनी खबर पत्रिकामा आबद्ध हुनुहुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)