Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

  • 1.0K
    SHARES

  • प्रधानमन्त्री  ‘प्रचण्ड’ लाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

    काठमाडौँ,असार २०।

    नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताउनुभएको छ। 

    बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताउनुभयो। उहाँले प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको बताउनुभयो। 

    त्यसैगरी उहाँले पार्टीको नेतृत्व सर्वसहमतिमा टुङ्ग्याउने प्रयास भइरहेको बताउनुभएको छ। उहाँले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिको चासो, चिन्ता र सङ्कल्प रहेको भन्दै आफूहरू त्यसै अनुरूप अगाडि बढेको बताउनुभयो। नेतृत्व सर्वसम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उहाँको भनाइ छ।

    उहाँले भन्नुभयो, ‘‘महाधिवेशनबाट हामी निक्लँदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दछौँ। सबै प्रतिनिधिको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो। त्यसमा हामी निराश छैनौँ। अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ। निर्वाचन हुँदा पनि हामी सर्वसहमतिमै निर्वाचनमा जान्छौँ। निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ। सकेसम्म त्यो पनि नहोस् भन्ने कुरा त हामीले पहिलेदेखि नै भन्दै आएका छौँ। निर्वाचनमा जान नपरीकन सर्वसम्मतिमै सबै मामिला टुंगिउन भन्ने हाम्रो प्रयत्न छ। त्यसमा अहिलेसम्म पनि हामी निराश छैनौँ। हामी सहमतिका लागि प्रयत्न गर्दछौँ। हामी निराश छैनौँ।’

    उहाँले आफूहरूले भरसक निर्वाचनमा जान नचाहेको बताउनुभयो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology