Logo बिहिवार, आश्विन १ गते २०८३
images

तराईका ६ जिल्लामा २ लाख ८ हजार थान खोरेत रोगको भ्याक्सीन लगाउने तयारी

तराईका ६ जिल्लामा २ लाख ८ हजार थान खोरेत रोगको भ्याक्सीन लगाउने तयारी

  • 3.0K
    SHARES

  • तराईका ६ जिल्लामा २ लाख ८ हजार थान खोरेत रोगको भ्याक्सीन लगाउने तयारी

    बुटवल,पुस २० -

    लुम्बिनी प्रदेशको  पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण अभियानको विषयमा अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

    प्रदेशका विभिन्न जिल्लाबाट  स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेश मातहतका सम्बन्धीत निकायका  कार्यालय प्रमुख तथा प्रतिनिधि,किसान तथा अन्य सरोकारवाला निकायहरुको सहभागीतामा गोष्ठी भएको हो ।

    कार्यक्रममा बोल्दै प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले  पशु चौपायमा देखिने खोरेत रोग नियन्त्रण, उन्मुलन र रोकथामको   लागि प्रदेश सरकारले  निरन्तर लागिपरेको  बताईन ।

    उनले यसको  प्रदेश सरकारले एकल प्रयासमा संभव नभएको भन्दै संघीय सरकारको समेत साथमा खोप लगाउने अभियानको थालिन  गरिएको धारणा राखिन् । रोग भित्र्न सक्ने संभावित क्षेत्रमा कडाँ चेकजाँच गरी नियन्त्रण गर्न सकिने भन्दै उनले पुर्व तयारी स्वरुप प्रदेशको तराईका ६ जिल्लामा खोप अभियान थालन  गरिने जानकारी दिईन । 

    कार्यशाला गोष्ठीमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख तुलसीराम भण्डारी, निर्देशनालयका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवर, पशुपंक्षि रोग अन्वेशण  प्रयोगशाला पोखरेका प्रमुख डा. केदार राज पाण्डे,  प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डे लगायतले विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा  बोल्दै प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानको समस्या नै सरकारको समस्या भएको भन्दै संभावित रोग रोकथामको लागि पुर्व तयारी गर्ने काम तिब्र रुपमा अगाडी बढिरहेको जानकारी  गराएका थिए ।

    निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीका अनुसार पहिलो चरणमा तराईका ६ जिल्लामा २ लाख ८ हजार थान खोरेत रोगको भ्याक्सीन लगाउने तयारी गरिएको छ । प्रदेशको संभावित क्षेत्र तराईकाजिल्लाहरु भएकोले पहिलो चरणमा तराईमा रहेका पशु चौपायहरुमा खोप लगाउने कार्यक्रम तय गरिएको र सोही अनुसार  खोप आउने तयारी समेत भैरहेको निर्देशक भण्डारीको भनाई छ ।

    प्रदेशमा कुल १५ लाख पशु चौपाय रहेको अनुमान गरिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology