Logo बुधवार, श्रावण १३ गते २०८३
images

सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष माधवकुमार नेपाल

सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष माधवकुमार नेपाल

  • 1.0K
    SHARES

  • सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष माधवकुमार नेपाल

    काठमाडौँ, असार २०।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभएको छ ।बिहीबार काठमाडौँस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

    पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गर्नुभएको थियो । वार्तापछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’’ अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology