Logo बिहिवार, आश्विन १ गते २०८३
images

दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्री ‘प्रचण्डलाई एमालेको ध्यानाकर्षण

दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्री ‘प्रचण्डलाई एमालेको ध्यानाकर्षण

  • 1.1K
    SHARES

  • दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्री ‘प्रचण्डलाई एमालेको ध्यानाकर्षण

    काठमाडौँ, असार २० ।

    नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । 

    एमाले महासचिव शङ्कर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी संसद्का दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने अवस्था नरहेको बताउनुभएको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘संसदमा दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गर्दछ । साथै, राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।”

    सत्ता समीकरणको प्रमुख दल एमालेले सरकारलाई दिएका  समर्थन फिर्ता लिएको साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले राजीनामा दिइसकेको ब्यहोरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology