Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली कांग्रेसले थप्यो १० भ्रातृ संस्थाको म्याद

नेपाली कांग्रेसले थप्यो १० भ्रातृ संस्थाको म्याद

  • 1.1K
    SHARES

  • नेपाली कांग्रेसले थप्यो १० भ्रातृ संस्थाको म्याद

    काठमाडौं, असार १९।

    नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको म्याद थप गरेको छ।बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेविसंघलगायत १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय अनुमोदन गरेको हो।

    कांग्रेसले गत असार १७ गते यी भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको थियो।महाधिवेशन नगरेका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघलाई महाधिवेशन गर्ने गरी म्याद थप गरिएको कांग्रेसले जनाएको छ।

    साथै निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन गर्न पनि निर्देशन दिइएको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यी भ्रातृ संस्थाहरूको म्याद गत असार १५ गते सकिएको थियो। कांग्रेसले गत पुसमा महाधिवेशन गर्ने प्रयोजनका लागि भन्दै यी भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको थियो। 

    नेविसंघलगायत भ्रातृ संस्था तदर्थ समितिको भरमा छ। लामो समयदेखि महाधिवेशन हुन सकेको छैन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology