रोल्पा,असार १७ ।
रोल्पाको माडी गाउँपालिका ४ परेवाछहरामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि एक बालक सहित ८ जनाको मृत्यु भएको वताइएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन । माडी गाउँपालिका वडा नं २ घर्तीगाउँ वजारवाट तालावाङ तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।
लु।१ ज ३२५२ को उक्त जीप सडकबाट करिव ४०० मिटर तल खसेको थियो । गाडीमा १४ जना यात्रु सवार रहेको वताइएको छ। दुर्घटनाको उद्दार भईरहेको र घाईतेहरुलाई उपचारका लागी स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाई छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)