Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पताल : मे.सु. नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

लुम्बिनी प्रादेशिक अस्पताल : मे.सु. नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

  • 2.8K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पताल : मे.सु. नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

    बुटवल,असार १७ ।

    लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाललाई गरेको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई सर्बोच्च अदालतले आदेश दिएको हाे । मिति २०८१ जेठ १८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा डा. ईन्द्र ढकाललाई नियुक्त गरेको थियो । यसअघि डा.सुदर्शन थापा मेसु थिए ।

    ढकालको नियुक्तीसंगै ११ औं तहका स्थायी मेडिकल सुपरिटेन्डेण्ट डा. विष्णु गौतमले सर्बोच्चमा दिएको निवेदन उपर न्यायधिश विनोद शर्माको गत शुक्रबार बसेको एकल इजलासले लुम्बिनी प्रादेशिक अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको निर्णय-काम कारबाही-पत्राचार कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु भनी प्रत्यार्थीहरुका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    नेपाल सरकारको मिति २०७८ पुस १ को निर्णय अनुसार नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ समूह प्रमुख मेडीकल सुपरिटेण्डेट एघारौं तहमा स्थायी नियुक्ती भएका निवेदक डा. विष्णु गौतम कार्यरत रहँदा रहँदै निज भन्दा कनिष्ठ एवम् मेडिकल सुपरिटेण्डेण्टको लागि आवश्यक शैक्षिक योग्यता समेत नरहेका दशैं तहका डा.ढकाललाई अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको भन्ने देखिएकोले टुंगो नलाग्दा सम्म यथास्थितीमा राख्न सर्बोच्चले आदेश गरेको हो ।

    त्यसको लागि सर्बोच्चले यहि असार २३ गते आईतबार पेशी तोकेको छ । ढकाललाई गरेको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न भनेपछि डा.सुदर्शन थापा पुन: मेसुको कुर्सीमा फर्किदैछन् ।lumbini hospital.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology