Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुध उत्पादन बढाउन बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण

दुध उत्पादन बढाउन बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण

  • 957
    SHARES

  • दुध उत्पादन बढाउन बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण

    बुटवल,असार १७ ।

    बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैंसीका पाडी वितरण सुरु गरेको हो ।

    जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ । एक कार्यक्रमबिच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउन भैंसीका पाडी वितरण गरिएको बताउनुभयो । वितरण गरिएका पाडीको बीमा गरी किसानलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

    आइतबार ३३ पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् । बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका वडा १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो ।

    मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रिजेरेशन युनिट, कन्ट्रोल प्यानलसहितको मेसिन  उपलब्ध गराइएको हो । पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैंसी गोठ सुधारतर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो । गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधारतर्फ अनुदान दिएको उहाँको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology