Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीमा १७ प्रतिशतले घट्यो लिची उत्पादन !

गुल्मीमा १७ प्रतिशतले घट्यो लिची उत्पादन !

  • 939
    SHARES

  • गुल्मीमा १७ प्रतिशतले घट्यो लिची उत्पादन !

    गुल्मी,असार १७ ।

    गुल्मीमा गत वर्षको तुलनमा यस वर्ष लिची उत्पादनमा कमी आएको छ । गत वर्षभन्दा यस वर्ष झण्डै १७ प्रतिशतले लिची उत्पादन कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

    यस वर्ष गुल्मीमा पाँच सय ३७ मेट्रिक टन लिची उत्पादन भएको छ भने गत वर्ष ६९७ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । लिची उत्पादनको कमी हुनुमा यसवर्ष लामो खडेरी पर्नु मुख्य कारण रहेको उहाँको भनाइ छ । 

    यस वर्ष एक करोड चार लाख रुपियाँको लिची उत्पादन भएको अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ । वि सं १९९१ सालमा रूरूका स्वर्गीय डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट लिचीको बिरुवा ल्याएर रोपेपछी गुल्मीमा लिची खेतीको सुरुवात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।fnj.jpg

    हाल रुरुक्षेत्र गाउँपालिका १ र ३ मा व्यवसायीक रुपमा खेती हुँदै आएको छ । त्यस स्थानमा १० देखि एक सय बिरुवासम्म लगाई व्यवसायीक खेती कृषकले गर्दै आएका छन् । जिल्लामा एक सय ४३ जना कृषकले एक सय ८९ हेक्टर क्षेत्रफलमा लिची खेती गर्दै आएका छन् । अहिले यसक्षेत्रमा उत्पादन भएको लिची किसानले न्यूनतम प्रतिकेजी एक सय रुपियाँदेखि एक सय ५० सम्म बिक्री गर्दै आएका छन् ।

    पछिल्लो समय रेसुङगा नगरपालिकाको सेउघा, सत्यवती, चन्द्रकोटका केही स्थानहरुमा बिरुवा रोपण गर्न थालेको स्थानीयहरुले जनाएका छन् । लिची खेती विशेषगरी गर्मी हुने स्थानहरुमा हुने गर्दछ ।

    lichi ruru.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology