बुटवल,असार १६ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबामा पदहस्तान्तरण भएको छ ।बुटवलमा एक समारोहका बिचमा बर्ष २०२४-२०२५ का लागि सिताराम रसाइलीले पद सम्हान्नुभएको हो । बर्ष २०२३-२४ का अध्यक्ष नारायण तिवारीले रसाइलीलाइ पद हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष नारायण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद बञ्जाडे,पुर्व अध्यक्ष टंक गैरे,गोकर्ण पाण्डे, कृष्ण भुसाल,बिजय गुप्ता, डिल्ली नारायण पाण्डेय, ठाकुरप्रसाद आचार्य, ज्योति भण्डारी, निर्वाचन आयुक्त झबिन्द्र अधिकारी कृष्ण,सचिव डाेलराज बस्याल ,महेश पाण्डे लगायतले बोल्दै क्लवलाइ नमुना र उत्कृष्ट बनाउन सबै एक भएर अघि बढ्नुपर्ने बताए ।
सो अबसरमा बोल्ने बक्ताहरुले क्लवको इतिहास र गरिमा कायम राख्न नया नेतृत्वलाइ आग्रह गरेको थियो । बर्ष २०२४-२५ का अध्यक्ष सिताराम रसाइलीले क्लवलाइ आफ्नो कार्यकालमा क्यालेण्डर नै बनाएर सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।सो अबसरमा क्लवलाइ सहयोग गर्ने सम्पूर्णलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)