बुटवल ,भदौ २१।
गत २४ घण्टामा नेपालमा ९८० जना काेराेना संक्रमित थपिएका छन् । प्रदेश न ५ मा ९० जना संक्रमित थपिएका छन् भने क्वारेन्टाइनमा रहनेकाे संख्या ९९८ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २५७ जना पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्।
हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् भने ९ हजार २०१ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८२६ छ।
१० हजार ३८२ जनाको पिसिआर परिक्षण भएको छ। हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २८ हजार ९४१ जना निको भएर घर फर्किएका छन्।
प्रदेश न ५ मा ९० जना संक्रमित थपिए :
प्रदेश न ५ अन्तर्गत थपिएका काेराेना संक्रमितहरुमा अर्घाखाँचीमा ११ जना,कपिलबस्तुमा ४ जना,दाङमा ३ जना,रुपन्देहीमा ३५ जना,पाल्पामा १९ जना,बर्दियामा ६ जना, बाँके ६ जना , प्युठानमा ४ जना र नवलपरासी पश्चिममा २ जना संक्रमित छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)