Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महासंघका पाँच जना पूर्वअध्यक्षको अपिल : विवाद टुंग्याएर निर्वाचनमा जाऔँ

महासंघका पाँच जना पूर्वअध्यक्षको अपिल : विवाद टुंग्याएर निर्वाचनमा जाऔँ

  • 954
    SHARES

  • महासंघका पाँच जना पूर्वअध्यक्षको अपिल : विवाद टुंग्याएर निर्वाचनमा जाऔँ

    काठमाडौं,असार १६ ।

    नेपाल पत्रकार महासंघका पाँचजना पूर्वअध्यक्षहरुले विवाद टुङयाएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् ।आइतबार पूर्वअध्यक्षहरुले एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान केन्द्रीय अध्यक्ष बिपुल पोखरेलसहित केन्द्रीय समिति समक्ष अनुरोध गरेका हुन् ।

    महासंघका पूर्वअध्यक्षहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले आइतबार यस्तो अपिल गरेका हुन्।‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरुमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं’ अपिलमा उनीहरूले भनेका छन् ।

    यस्तै अपिलमा महासंघका सदस्यहरुले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरुले गर्नसक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न समेत सदस्यहरुमा अपिल गरिएको छ ।

    अपिलमा महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायतको विवादको समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology