काठमाडौं,असार १५ ।
नेपाल पत्रकार महासंघले विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चनमा गएको भन्दै नेपाल प्रेस युनियनले पत्रका महासंघको केन्द्रीय कार्यालयमा राति साढे १० बजे तालाबन्दी गरेको युनिनयनका महासचिव दिलिप पौडेले बताए ।
महासचिव पौडेलले भने,-‘नेपाल पत्रका महासंघको सदस्यता वितरणप्रति महासंघका शाखा र प्रदेशहरूले टुंग्याएर पठाएको थियो। तर, केन्द्रले जिल्ला शाखा, प्रदेश शाखा र प्रतिष्ठान शाखाले पठाएको सिफारिसलाई हटाएर कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारहरूलाई महासंघको निर्वाचन पक्रियाको मतदाता नामावलीमा समावेश गरिएको हुनाले तालाबन्दी गर्नु परेको छ।’
उनले युनियनले यस घटनाप्रति घोर भर्त्सना गर्दै महासंघको केन्द्रीय नेतृत्वको जबरजस्ती कब्जाको नीति कायम राखेसम्म तालाबन्दी कायमै रहने बताए।महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह गर्दै सदस्या विवाद नटुंगिएसम्म महासंघको निर्वाचनमा भाग नलिई देशभर आन्दोलन गर्ने समेत युनियनका महासचिव पौडेलले चेतावनी दिए ।
‘पत्रकार महासंघलाई फेरि पनि महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह छ। तर यदि यो अन्तिम आग्रहलाई पनि बेवास्ता गरे महासंघको निर्वाचनको प्रक्रियामा भाग नलिइ देशव्यापी आन्दोलनमा उत्रिन्छौं।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)