Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको कञ्चन ३ मा १ सय भन्दा वढि कार्यकर्ता कांग्रेसमा प्रवेश

रुपन्देहीको कञ्चन ३ मा १ सय भन्दा वढि कार्यकर्ता कांग्रेसमा प्रवेश

  • 2.3K
    SHARES

  • रुपन्देहीको कञ्चन ३ मा १ सय भन्दा वढि कार्यकर्ता कांग्रेसमा प्रवेश

    वुटवल,पुस २०-

    रुपन्देहीको कञ्चन गाउपालिका वडा न ३ मा  विभिन्न पार्टिका १ सय भन्दा वढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई एक समारोहका विच नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले पार्टी प्रवेश गराएका हुन् ।

    स्थानिय वडा सभापती थम्मन थापाको अध्यक्षतमा भएको पार्टि प्रवेश कार्यक्रममा वोल्दै कांग्रेस नेता शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताए । उनले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनीहरु अव जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गरे । 

     सो क्षेत्रका जनप्रतिनिधी समेत रहेका शाहले अव नेपाली कांग्रेसको नेतृत्वमा वहुमतको सरकार बन्ने दावी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त रहेको टिप्पणी गरे ।

    सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताए । कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वस्क्षाचारी प्रकृतिको भण्डाफोर गर्नु पर्ने बताए ।ncc.jpg

    कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकारसंग अव सरकारमा वसिरहन कुनै नैतिक र संवेधानिक अधिकार नरहेको बताए ।

    सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रिय सभापती वसिउल्लाह मुसलवान,  जिल्ला सदस्य देविराम रेग्मी, डोल व थापा, राम वहादुर थापा, देवीलाल पौडेल लगायतले बोलेको थिए  । सो क्षेत्रमा यस अघि पनि सयौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology