बागलुङ,असार १५ ।
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
उनका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ। यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यो क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।
कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ।
गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका मृत्यु हुनेमा वर्ष ५५ का अनुसार भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनि सपना विक र बिपना विक रहेका छन् ।इस्मा प्रहरीचौकीबाट उद्धारका लागि पुगेको प्रहरी टोली घटनास्थलबाट उनीहरुको शव संकलन गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)