Logo बिहिवार, आश्विन १ गते २०८३
images

आवास इण्डष्ट्रिज प्रालिले पायो नवप्रवर्तनकारी उद्यमी पुरस्कार

आवास इण्डष्ट्रिज प्रालिले पायो नवप्रवर्तनकारी उद्यमी पुरस्कार

  • 7.0K
    SHARES

  • आवास इण्डष्ट्रिज प्रालिले पायो नवप्रवर्तनकारी उद्यमी पुरस्कार

    बुटवल,असार १४ ।

    रुपन्देहीको देवदहस्थित आवास इण्डष्ट्रिज प्रालिले नवप्रवर्तनकारी उद्यमी पुरस्कार पाएको छ। विहिबार काठमाण्डौंमा आयोजित समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगका संचालक यज्ञश्वर थैवलाई दुईलाख नगद राशी सहित पुरस्कार प्रदान गरेका हुन्।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीन सोंच र प्रविधिको प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरेको हो।

    २०७६ सालमा विश्वभर कोरोना महामारी फैलिरहेका बेला आवास ग्रुपले देवदहको भलुहीमा कुर्चि उद्योग स्थापना गरेको थियो। हरेक वर्ष चिनबाट अरबौंका कुर्चि टेबल लगायतका फर्निचर सामग्रीहरु नेपाल भित्रिईरहेका बेला आवास कम्पनीका दोश्रो पुस्ता निर्माण थैवले चिनिया कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न आवास इण्डष्ट्रिज स्थापना गरेका थिए।

    उद्योग स्थापनाको पाँचवर्षको अवधीमै नेपालभर ब्राण्ड स्थापित गरेका थैवले पछिल्लो चारमहिनादेखि काठमाण्डौको नैकापमा पनि आवास इण्डष्ट्रिज प्रालिको शाखा संचालन गरेका छन्। स्कुल, क्याम्पस, होटल, पार्टी प्यालेस लगायतका क्षेत्रबाट ठूलो परिमाणमा कुर्चि टेबल, झुला लगायतका सामग्रीहरुको माग आएपछि काठमाण्डौंबाटै उत्पादन सुरु गरेको उद्योग हेरिरहेका निर्माणले बताए।

    देवदहमा आवास इण्डष्ट्रिज प्रालि संचालन गरेका निर्माण काठमाण्डौ गएपछि देवदहको उद्योग यज्ञश्वरकी छोरी याचना थैवले सम्हाल्दै आएकी छन्। उनी व्यवस्थापनमा स्नातकोत्तर ‘एमबिए’ गरेकी छन्।

    आवास इण्डष्ट्रिज प्रालिबाट स्कुल क्याम्पसमा प्रयोग हुने डेस्क बेन्च, अफिस, पार्टी प्यालेस, होटल तथा रिसोर्टमा आउटडोर र इनडोर प्रयोग गरिने बुनेर बनाईएका कुर्ची टेबल, क्याफे तथा रेष्टुरेण्टका लागि सोफा, रिभल्भिङ कुर्ची, झुला, भिजिटर चेयर, विकेर फर्निचर, रेष्ट्रो एण्ड बार सोफा, डाईनिङ सेट लगायत ३ सयभन्दा बढी प्रकारका कुर्ची, स्टुल, टेबल तथा झुला उत्पादन हुन्छन्।

    आवास इण्डष्ट्रिजले रुपन्देही र काठमाण्डौमा गरि दैनिक १ हजार बढि कुर्ची तथा अफिस सामग्री उत्पादन गरी बजार पठाउने गरेको यज्ञश्वरले बताए। आवास इण्डष्ट्रिजले रुपन्देही र काठमाण्डौंमा गरि साढे दुई सय बढिलाई रोजगारी दिएको उनले बताए।

    पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक संकटका कारण उद्योग व्यवसाय प्रभावित बनिरहेका बेला सरकारले दिएको पुरस्कारले उद्योग व्यवसायलाई थप विस्तार गर्न हौसल मिलेको यज्ञश्वरले बताए। 

    आवास गु्रपका रुपन्देहीमा मात्रै डेढ दर्जन बढि उद्योग र व्यापारिक प्रतिष्ठान छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology