Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल पत्रकार महासंघ निर्वाचन : उम्मेदवारी दर्ता शनिबार हुने

नेपाल पत्रकार महासंघ निर्वाचन : उम्मेदवारी दर्ता शनिबार हुने

  • 1.2K
    SHARES

  • नेपाल पत्रकार महासंघ निर्वाचन : उम्मेदवारी दर्ता शनिबार हुने

    काठमाडौं, असार १३ । 

    नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ ।

    परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशीत हुनेछ ।

    त्यस्तै शनिबरा राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने । उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ ।

    उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ । भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ । २२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ । असार २२ गते निर्वाचन हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology