Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टी-२० विश्वकप : दक्षिण अफ्रिकाविरूद्ध अफगानिस्तान ५६ रनमै अल आउट

टी-२० विश्वकप : दक्षिण अफ्रिकाविरूद्ध अफगानिस्तान ५६ रनमै अल आउट

  • 1.5K
    SHARES

  • टी-२० विश्वकप : दक्षिण अफ्रिकाविरूद्ध अफगानिस्तान ५६ रनमै अल आउट

    काठमाडौं, असार १३ ।
    आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा अफगानिस्तान ५६ रनमै अल आउट भएको छ।बिहीबारदेखि सुरू भएको सेमिफाइनलको पहिलो खेलमा दक्षिण अफ्रिकाविरूद्धविरूद्ध अफगानिस्तान ११.५ ओभर खेलेर ५६ रनमा समेटिएको हो।

    अफगानिस्तानले आज बनाएको योगफल टी-२० विश्वकपको सेमिफाइनल खेलमा बनेको अहिलेसम्मको कम योगफल हो।उक्त योगफल अफगानिस्तानले टी-२० विश्वकपमा बनाएको अहिलेसम्मकै कम योगफल पनि हो।

    अफगानिस्तानलाई ५६ रनमा अल आउट गर्न दक्षिण अफ्रिकाका मार्को जनसेन र तबरेज शम्शीले ३/३ विकेट लिए। कगिशो रबाडा र एनरिच नोर्त्जीले २/२ विकेट लिए।टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानका लागि अजमत उल्लाह ओमरजइले बनाएको १० रन सर्वाधिक रह्यो।

    रहमानउल्लाह गुर्बाज, मोहम्मद नाबी र नूर अहमद शून्यमा आउट भए। इब्राहिम जद्रान २ रन, गुलबदिन नइब ९ रन, नागियालीया खरोते ८ रनमा, करिम जनत ८ रन, रसिद खान ८ रन र नवीन उल हक २ रनमा आउट भए। अफगानिस्तानविरूद्ध जित निकाल्न सकेको अवस्थामा दक्षिण अफ्रिका पहिलो पटक फाइनल पुग्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology