Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद विघटनको विरोधमा कांग्रेसद्वारा दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा

संसद विघटनको विरोधमा कांग्रेसद्वारा दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा

  • 4.1K
    SHARES

  • संसद विघटनको विरोधमा कांग्रेसद्वारा दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा

    वुटवल,पुस २०-

    नेपाली कांग्रेसले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गरेको छ ।

    आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । आन्दोलनका कार्यक्रम अनुशार पुस २५ गते देशभरका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

    त्यसैगरि माघ ३ गते ७५३ स्थानीय तहमा प्रदर्शन गर्ने र माघ ८ गते ६ हजार सात सय ४३ वडामा प्रदर्शन गर्ने काग्रेसले जनाएको छ ।

    सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भन्दै आन्दोलनको घोषणा गर्न हिच्कीचाएका कांग्रेस सभापति शेर बहादर देउवाले पनि आजको बैठकमा आन्दोलन शसक्त बनाउने पक्षमा बोलेका थिए ।

    सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण सिटौला र जीवनबहादुर शाही सबैले आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।यसअघि अदालतमा विचराधिन मुद्दा भन्दै फरक फरक धारणा सार्वजानिक गरेको कांग्रेसले अब भने संसद पुनर्स्थापना भएपनि नभएपनि आन्दोलनमा जानुपर्छ भन्नेमा सबै नेताहरुको एक मत हुन गएको पार्टीले जनाएको छ ।

    बैठकमा सभापति देउवाले आन्दोलनको विषयमा दुईवटा प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा प्रधानमन्त्री ओलीको संसद विघटनका बिरुद्ध आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्देजाने उल्लेख छ ।rita kc.jpg

    बैठकमा वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाले पार्टी आन्दोलनमै केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

    संसद विघटनको बिरुद्ध आन्दालन गर्ने वा नगर्ने विषयमा अनिर्णयको बन्दी बनेको नेपाली कांग्रेसले सर्वोच्च अदालतले संविधानको अक्षर, भावना, मर्म अनुसार फैसला गर्दै ओलीका असंवैधानिक कदम सच्याउने यस अघि नै विश्वास लिएको धारणा सार्वजानिक गरेको थियो । कांग्रेसले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology