बुटवल,असार ११ ।
एम्स कलेज, बुटवलले विश्व विद्द्यालय योजना आयोगको सहयोगमा पाच दिने परियोजना प्रतिबेदन एवम प्रस्ताव पत्र लेखन प्रशिक्षण सम्पन्न गरेको छ ।अध्यापनरत प्राध्यापहरुको शैक्षिक उन्नोयन सङ्गै प्रतिवेदन, प्रस्ताव पत्र एव अध्ययन अनुसन्धानको गुणस्तरियता अभिबृद्दी गर्न प्रशिक्षण कार्यक्र गरिएको क्याम्पस प्रमुख दीपक ढकालले जानकारी दिनुभयो ।
कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अथिती लुम्बिनी विश्व विद्द्द्यालयका उपलुलपती प्रा. डा.सुबर्णलाल बज्राचार्यले आजको समयमा अनुसन्धानात्मक गतिविधिले नै समग्र शैक्षिक गुणस्तर बृद्दी हुने र विश्व ब्यापिकरण सङ्ग सामन्जस्यता राख्न सक्ने सक्षमता उजागर हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मतब्य राख्दै स्कलर्स होम स्कुलका प्राचार्य बावुराम बन्जाडेले आजको प्रतिस्पर्धात्मक परिवेशमा अनुशन्धानात्मक कार्यक्रम अति उपायोगी हुने र यसका लागी सबै प्राध्यापकहरुलाई सक्रीय हुन अभिप्रेरित गर्नुभयो ।
बुटवलको एशियन पार्टी प्यालेशको हलमा पाच दिन सम्म चलेको प्रशिक्षण कार्यक्रम प्रा.डा. सुबर्ण लाल बज्राचार्य, लुम्बिनी विश्वा विद्द्यालयका कार्यकारी निर्देशक उकेश राज भुजु, त्रीभुवन विध्वविद्द्यालयका सहायक प्राध्यापक विजय लाल प्रधान,शंकरदेव क्याम्पसका पुर्व क्याम्पस प्रमुख धनराज चालिसे, बावुराम बन्जाडे र दीपक ढकालले अलग अलग शेसनमा परियोजना प्रतिवेदन लेखन्, प्रस्ताव पत्र तयारि, लिटेरचर रिभ्यु, अनुसन्धान ढाचा र विधि, अनुसन्धान लेखन शैलि, तथ्याङ्ग्क विष्लेशण र प्रस्तुतिकरण, अनुसन्धानमुलक लेख लेखन जस्ता विषयहरुका बहुआयामिक पक्षमा प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रक्रमा एम्स कलेजका १७ जना र अन्य कलेजका ११ जना गरी २८ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)