Logo बुधवार, श्रावण १३ गते २०८३
images

रूरूक्षेत्रले ल्यायो ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट

रूरूक्षेत्रले ल्यायो ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट

  • 2.7K
    SHARES

  • रूरूक्षेत्रले ल्यायो ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट

    गुल्मी,असार ११ ।

    गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ । बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेका छन् । गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले आगामी आर्थिक वर्षका लागि कूल ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

    गाउँपालिका उपाध्यक्ष गौतमले संघीय सरकारबाट प्राप्त ७ करोड ६३ लाख रुपैयाँ , लुम्बिनी प्रदेश सरकारबाट ३५ लाख ९९ हजार रुपैयाँ , गाउँपालिकाको आम्दानी १ करोड ३९ लाख २८ हजार रुपैयाँ र अ.ल्या बाट ३ करोड ३९ लाख रुपैयाँ गरि ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट बजेट सार्वजनिक गर्नुभएको हो।कुल ५६ करोड ९१ लाख ७८ हजार बजेट मध्ये चालु खर्च ३७ करोड ६६ लाख ८८ हजार छुट्टाईएको छ भने पुँजिगत खर्च १८ करोड २४ करोड ८० हजार विनियोजन गरिएको छ। बजेट पेश हुनु अघि गाउँपालिका अध्यक्ष ज्ञवालीले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो।

    गाउँपालिकाले ल्याएको बजेटमा शिक्षाको लागी ३ करोड २४ लाख ९० हजार रुपैयाँ , स्वास्थ्यमा १ करोड १९ लाख ७० हजार रुपैंया , उद्योग तथा वाणिज्यको लागि २० लाख रकम विनियोजन गरेको छ ।गाउँपालिकाले गाउँपालिका स्तरीय एक घर एक धारा कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरघरमा खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था मिलाएको समेत जानकारी गराएको छ।

    यस्तै गाउँपालिका भित्रका धार्मिक सांस्कृतिक क्रियाकलापलाई प्रवर्धन गर्नको लागि विभिन्न मठ मन्दिर निर्माण तथा मर्मत सम्भार को लागि आवश्यक रकम विनियोजन गरेको छ ।गाउँपालिकाले ऐतिहासिक धार्मिक क्षेत्र रुरुक्षेत्र पूर्वाधार निर्माणको लागि १ करोड १३ लाख रकमको व्यवस्था मिलाएको समेत जनाएको छ ।

    गाउँपालिकाले विनियोजन गरेको बजेटमा सबै नागरिकलाई विद्युत सेवाको सुनिश्चित गर्न न्यूनतम २० युनिटसम्मको विद्युत महसुल गाउँपालिकाबाट भुक्तानी गर्ने भएको छ जसको लागि १५ लाख रकम छुट्टाइएको गाउँपालिका उपाध्यक्ष गौतमले बताउनुभयो।यस्तै खेलकुद क्षेत्रलाई चलायमान गराउन ५ लाख रकम व्यवस्थापन गर्दा खेलकुद प्रवर्धनको लागि १० लाख ५५ हजार रकम विनियोजन गरेको छ।

    जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनको लागि ३ लाख रकम विनियोजन गरेको जनाएको छ ।यसैबीच गाउँपालिकाले लागत साझेदारीमा रुरु कृषि परियोजना सञ्चालनको लागि १ करोड १५ लाख बजेट विनियोजन गर्दा कृषि तथा पशु विकास सम्बन्धी कार्यक्रमको लागि ८४ लाख रुपैयाँ तथा कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालनको लागि ६ लाख रकम विनियोजन गरेको छ।

    गाउँपालिकाले विभिन्न महामारी , रोगको रोकथाम तथा प्रकोप नियन्त्रणको लागि विपद व्यवस्थापनको स्थापना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

    गाउँपालिकाले महिला दलित आदिवासी जनजाति एकल नागरिक र सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालनका लागि १४ लाख रुपैयाँ विनियोजन गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology