वुटवल,पुस १९-
रुपन्देहीमा वुमन केयर नेपाल संस्थाको शुभारम्भ गरिएको छ । महिलाको हक अधिकारमा काम गर्ने संस्थाको बुटवलमा एक समारोहका बिच मानव अधिकारबादी नेता कृष्ण पहाडी शुभारम्भ गरे । सो अवसरमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्तिका कारण प्रतिनिधिसभा विघटन भएको बताए ।
प्रतिनिधि सभा विघटनको घटनाले संविधान लिक बााहिर गएको र नेपाल अराजकता र गृहयुद्धको संघारमा पुगेको पहाडीले औंल्याए । प्रतिनिधि सभा पुनर्स्थापना भए मात्रै संविधान लिकमा आउने तर्क गर्दै पहाडीले अन्यथा अर्को खिरलाज रेग्मीको जन्म हुने र उसले पनि चुनाव गर्न नसक्ने दावी गरे ।
कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पुष्पा थरुनी,मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल लगायतले प्रतिनिधिसभा विघटनले नागरिकको आवाज र अधिकार समेत कुण्ठित भएकाले पुनस्थापनाका लागि सशक्त जनदवावको खांचो औंल्याए ।

वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रीता केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार रमा खड्का,सुमित्रा न्यौपाने,राममाया पौडेल,सचिब मीना जिसी लगायतले महिलाहरु चुलो चौकोभन्दा माथि उठेर अधिकार प्राप्तिका लागि अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)