Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथ धाममा दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

मुक्तिनाथ धाममा दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

  • 1.1K
    SHARES

  • मुक्तिनाथ धाममा दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

    बुटवल,असार ७ । 

    आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा  दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । धामका पिठाधिश लोकानन्द स्वामिको सान्निध्यतामा बुटवलका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।

    बिहानको शिबिरमा सयौँको संख्यामा साधकहरूको सहभागिता रहेको थियो ।धाममा बिगत २ महिनादेखि बिहान दैनिक योग शिविर चलिरहेको छ ।संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

    महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो । नेपाल सरकारले समेत दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology