Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दुई देशबीचका सन्धि सम्झौता कार्यान्वयनबारे मोदीसँग कुरा भयो : प्रधानमन्त्री

दुई देशबीचका सन्धि सम्झौता कार्यान्वयनबारे मोदीसँग कुरा भयो : प्रधानमन्त्री

  • 876
    SHARES

  • दुई देशबीचका सन्धि सम्झौता कार्यान्वयनबारे मोदीसँग कुरा भयो : प्रधानमन्त्री

    काठमाडौँ,असार ६ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीसँग विगतमा दुई देशबीच भएका सन्धि र सम्झौताको प्रभावकारी कार्यान्वयनबारे छलफल भएको बताएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री दाहालले त्यस क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अन्य क्षेत्रका व्यक्तिहरूसँग भएका छलफलबारे बताएका हुन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्यान्ड र जर्मनी भ्रमणको वियमा जानकारी गराएका हुन् ।

    प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा मोदीसँग विभिन्न विषयमा छलफल भएको बताए । 'मोदीसँगको भेटघाटमा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने, दुई देशबीच विगतमा भएका सन्धि-सम्झौताको प्रभावकारी कार्यान्वयन, सबै दुई पक्षीय संयन्त्रहरू, यसमा सीमा सम्बन्धी संयन्त्र पनि पर्छ, संयन्त्रहरूको बैठक सुचारु गर्ने, पंचेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा गम्भीर छलफल भएको थियो,' प्रधानमन्त्री दाहालले भने ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि दाहालले जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology